current location : Lyricf.com
/
Songs
/
माइतीघर [Maitighar] lyrics
माइतीघर [Maitighar] lyrics
turnover time:2025-04-16 11:01:36
माइतीघर [Maitighar] lyrics

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

(समूह) वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

एउटा फूल फुले यहाँ धर्ती मग्मगाउँछ, एउटा बत्ती बले यहाँ जगत जग्मगाउँछ

(समूह) एउटा फूल फुले यहाँ धर्ती मग्मगाउँछ, एउटा बत्ती बले यहाँ जगत जग्मगाउँछ

सुख शान्ति मुस्काउँछ यहाँ सधैँभरि, लुकामारी खेल्छ जून यहाँ रातभरि

यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

(समूह) वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

आकाशलाई छोएको छ मेरो हिमालले, (समूह) हिमालले - २

स्वर्गलाई लोभ्याउँछ मेरै नेपालले, (समूह) नेपालले

मेरो प्रित पलाउँछ सधैँ पहरामा, मेरो गीत सुसाउँछ सधैँ छहरामा

यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

(समूह) वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

यो देश हो प्रकृतिको शान्त फूलबारी, झर्छ जहाँ इन्द्रधनु स्वर्ग माया मारी

(समूह) यो देश हो प्रकृतिको शान्त फूलबारी, झर्छ जहाँ इन्द्रधनु स्वर्ग माया मारी

कोपिलाको काखमा आऊ कोपिला यी (?), खेलिरन्छ झुल्के घाम बिहान नै आई

यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर

(समूह) वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर - ३

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Asha Bhosle
  • country:India
  • Languages:Hindi, Marathi, Nepali
  • Genre:Folk, Pop, Soundtrack, Pop-Folk
  • Official site:http://www.asha-bhonsle.com/
  • Wiki:http://en.wikipedia.org/wiki/Asha_Bhosle
Asha Bhosle
Latest update
Copyright 2023-2025 - www.lyricf.com All Rights Reserved