सन्ध्याकालिन हावासँगै ओर्लेको धुर्वप्रदेशको प्राथनाले
पातहरुलाई निस्तेज नृत्यको निमित उत्साहित गराँउछ।
यो स्तुती हो पुराना रुखहरुको,तिम्रा लागी गाइएको
निद्रामा रहेका मलिन अरण्यहरुको निमित्त।
कति धेरै मौसम बिते,हाम्रो पर्खाइ विना
सुनौला पातहरु जुन झर्दै मुर्झाउदैछन्,
कुनै दिन जिवितभै फेरी जगमगाउनेछन्।
तर यो निरस संसार रहनेछ उस्तै
अनि भोलि,तिमी र म विदा हुनेछौं त्यस्तै।